काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साेमवार भएकाे खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायाे ।
स्कटल्यान्डले दिएकाे २ सय २२ रनकाे लक्ष्य पछ्याएकाे नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयाे । उसका लागि लाेहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयाे । उसका लागि क्रिस्टाेफर म्याकब्राइडले ४७, टाेमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।
लिग–२ को विजेता बनिसकेको स्कटल्यान्ड याे जितसँगै ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेकाे शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएकाे छ । यसअघि नामिबिया नेपालसँग दुई विकेट र तीन विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।
याेसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनाेट खेल्ने समीकरण कठिन बनेकाे छ, अब उसले दुई खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा रहेकाे नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनाेट खेल्ने सम्भावना बलियाे बनेकाे छ ।
त्रिदेशीय शृङ्खलाकाे अन्तिम खेलमा भाेलि मङ्गलवार नेपाल र स्कटल्यान्डले खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।