काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ ।
गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । जितसँगै नेपोलीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।