यूईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी, इन्टरले पोर्टोलाई हरायो

 फागुन ११, २०७९ बिहीबार ६:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले खेलको २७औँ मिनेटमा गोल गरे । त्यस्तै घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ।

अर्को खेलमा इन्टरले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–० गोलले हराएको छ । इन्टरका रोमेलु लुकाकुले खेलको ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पोर्टोका ओटाभिओले खेलको ७८औँ मिनेटमा रातो कार्ड पाएका थिए। 
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया