प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हरायो

 फागुन १४, २०७९ आइतबार ६:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६औँ मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २४ खेलमा ५७ अङ्क जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अङ्कले अघि छ ।

गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ गोलले हरायो । सिटीको २५ खेलमा ५५ अङ्क रहेको छ । त्यस्तै अरु खेलमा लिड्स युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले, वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ४–० गोलले, एस्टनभिल्लाले एभर्टनलाई २–० गोलले हराएको छ ।

गएराति नै भएको खेलमा फुलह्याम र उल्भ्सले एक/एक गोलको बराबरी खेलेका छन् भने आज बिहान सकिएको खेलमा लिभरपुल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया