सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले हराएकाे छ ।
पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आरिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे । उसका आसाद भाला र चाद साेपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै साेमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।
नेपालले लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे छ । यसअघि घरेलु मैदानमा भएकाे भएकाे खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएकाे थियाे ।
याे जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाकाे पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुनिल
Feb. 28, 2023, 9:23 a.m.आरिफ र आशिफ हो।
इच्छुक अनिश्चित
Feb. 27, 2023, 7:16 p.m.यहाँ उल्लेखित आसिफ शेख दुई जना हुन् र?
Mohan bohara
Feb. 28, 2023, 4:01 p.m.आसिफ र आरिफ फरक फरक हुन!!
सुनिल
Feb. 28, 2023, 9:22 a.m.आरिफ र आशिफ हो।