स्पाेर्ट्स अवार्डकाे ४ वटा विधाकाे मनाेनयन सार्वजनिक

 फागुन १६, २०७९ मंगलबार १७:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ औं संस्करणको एनएसजेएफ स्पोर्ट्स अवार्ड–२०७८ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विभिन्न चार वटा विधाको मनोनयन सार्वजनिक गरेको छ ।

आयोजक एनएसजेएफले मङ्गलवार एक कार्यक्रमको आयोजना गरी वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधा गरी चार वटा विधाको मनोनयन सार्वजनिक गरेको हो । स्पोर्ट्स अवार्ड फागुन २३ गते काठमाण्डाैकाे कमलादीमा रहेकाे प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना हुनेछ ।  

सार्वजनिक गरिएको मध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडीको सूचीमा क्रिकेटरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलरद्वय अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल अटाएका छन् । यस्तै महिलातर्फको मनोनयनमा क्रिकेटरद्वय सीता राना मगर र कप्तान रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी र प्रिती राई तथा बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा अटाएका छन् ।

यसैगरी वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी, क्रिकेटका पूर्वप्रशिक्षक डेभ वाटमाेर,पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट रहेका छन् । यसअघि एनएसजेएफले पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा परेका छन् ।

फागुन २३ गते आयोजना हुने अवार्ड कार्यक्रमबाट विजेताको घोषणा गरिनेछ । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका लागि गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा गठित कमिटीबाट विभिन्न चार विधाका खेलाडीको नाम सार्वजनिक गरिएको हो । विजेताको नाम फागुन २३ गते हुने अवार्डमा सार्वजनिक गरिनेछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया