सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं - नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था गम्भीर भएको छ ।
मष्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको अवस्था शनिबारदेखि गम्भीर बनेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।शनिबार बिहानदेखि बाँस्तोलाको स्वास्थ्य अवस्था झन् कमजोर भएपछि उहाँलाई न्युरो अस्पताल बाँसबारी लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि ललितपुरको खुमलटारमा रहेको निवासमा ल्याइएको उहाँका सहयोगी राधा काफ्लेले जानकारी दिनुभयो ।
यसअघि काँग्रेसका केही नेताहरुले बाँस्तोलाको निधन भएको जानकारी गराएका थिए ।