सडक निरीक्षणमा पुगेका मन्त्रीसँग स्थानीयको चर्काचर्की

 फागुन १८, २०७९ बिहिबार १८:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको कमलविनायक–नगरकोट सडक खण्ड अनुगमन गर्न पुग्नुभएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीय आक्रोशित भएका छन् । 

बिहीवार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली त्यस सडक खण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयले वर्षाैँदेखि आश्वासनमात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेर आक्रोश पोखेका हुन् । अनुगमनमा मन्त्री मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि थिए । 

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीयले ९ वर्षसम्म बाटो नबनाएको र रात–दिन सुत्नसमेत नदिएको आरोप लगाए । स्थानीयले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे । उनीहरूले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म नागरिकलाई गुमराहमा राख्ने भन्दै प्रश्न गरे । उनीहरूले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने ठेकेदार कम्पनीहरूलाई सरकारले किन पक्षपोषण गरिरहेको छ भन्दै प्रश्न गरेका थिए । उनीहरूले अहिले काम गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न पनि माग गरेका छन् ।  

मन्त्री श्रेष्ठले स्थानीयको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिनुभयो । उहाँले हेलचेक्राँइ भएको तर अबका दिनमा नहुने प्रतिबद्धता जनाउनुभयो ।

अनुगमन टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडक खण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीयले वर्षाैँदेखि सास्ती खेपिरहेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया