बैतडीमा महिलाको अस्थिपञ्जर भेटियाे

 असोज २७, २०७५ शनिबार १९:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ सुर्नयागाड नदीको छेउ ‘पार्सी’ भन्ने ठाउँमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ ।

माछा मार्ने क्रममा स्थानीय नारायण लुहारले महिलाको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाहिर रातो चोला लगाएको र मेक्सी लगाएको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

घटनास्थलतर्फ सलेना प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया