सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्री स्टार क्लबलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले थ्री स्टारलाई २–० गोलले हराएको हो । एपीएफको जितमा कुमार लामा र अर्माण्ड विनोङले गोल गरे ।
अर्को खेलमा नव प्रवेशी टिम चर्च ब्वाइजले नेपाल पुलिस क्बललाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाईजले पुलिसलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक/एक गोल गरे । पुलिस क्लबका रवि पासवानले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन । चर्च ब्वाइज यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको हो ।
‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबिच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।