'ए' डिभिजन लिग : सातदोबाटोले एनआरटीलाई हरायो, आर्मी र सङ्कटाले १/१ अङ्क बाँडे

 फागुन २१, २०७९ आइतबार १८:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एनआरटीलाई २–१ गोलले हरायो । सातदाेबाटाेका लागि दीपकराज ठकुरीले २ गोल गरे । एनआरटीका लागि निकोलस सङले १ गोल फर्काए ।

आजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी खेलका छन् । लिगमा अहिले मच्छिन्द्र फुटबल क्लब र जाउलाखेल युथ क्लबबीचको खेल चलिरहेको छ । मछिन्द्र लिगको साविक विजेता टोली पनि हो ।

'ए' डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया