सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
लिगको दोस्रो चरण अन्तर्गत आज च्यासल मैदानमा एउटा र दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ।
च्यासल मैदानमा दिउँसो साढे दुई बजे एपीएफ र सातदोबाटो तथा दशरथ रङ्गशालामा दिउँसो साढे दुई बजे पुलिस र हिमालयन शेर्पा खेल्दैछन् ।
त्यस्तै बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा मनाङ मस्याङ्दी र संकटाबीच खेल हुनेछ ।
नारी दिवसका अवसरमा आजका खेलमा महिला दर्शकलाई निःशुल्क प्रवेश दिइने भएको छ ।
‘ए’ डिभिजन लिगमा हिजोदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भैरहेको छ ।
यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।