सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने शृङ्खलाका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको बताएका छन् ।
विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीवारदेखि लिगको अन्तिम शृङ्खला खेल्दैछ । शृङ्खलामा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (यूएई), पपुवा न्युगिनी (पिएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । कीर्तिपुरकाे त्रिवि मैदानमा हुने शृङ्खलामा नेपालले सबै खेलमा सुखद नतिजा निकाले विश्व कप छनोटको मौका पाउने भएकाले चार वटै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने कप्तान पाैडेलले बताएका हुन् ।
पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुने उनले बताए । शीर्ष तीनमा अटाउनका लागि गरिएको योजनाअनुसार शृङ्खलाका खेलहरू भइरहेको र अन्तिम शृङ्खलाका पनि अपेक्षाअनुसारको नतिजा आउने कप्तान रोहितले बताए । उनले यूएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गरे । कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किनेसमेत उनले बताए ।
यस्तै प्रशिक्षक मोन्टी देसाईले बिहीवारदेखि हुने खेलमा आफू केन्द्रित रहेको र सबै खेल कठिन भएको प्रतिक्रिया दिए । यूएई र पीएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम शृङ्खला भएकाले खेलहरू प्रतिस्पर्धात्मक हुने उनले बताए ।
यस्तै शृङ्खलामा सहभागी हुन नेपाल आएका टोलीद्वय यूएई र पीएनजीले पनि सुखद नतिजाका लागि घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने बताए । त्यस क्रममा यूएई टोलीका खेलाडी सदस्य वृत्य अरविन्दले नेपालमा हुन लागेको शृङ्खला नयाँ शृङ्खला भएको र एकदिवसीय मान्यताका लागि मेहनत गर्ने बताए । उनले घरेलु दर्शकको अगाडि खेल्न आफ्नो टोली आतुर रहेको समेत बताए ।
विश्व कप क्रिकेट लिग–२ को पुछारमा रहेको टोली पीएनजीका कप्तान आसाद भालाले पछिल्लो समय टोलीले नतिजा सुम्पिए पनि सम्मानजनक खेल खेलेको बताए । त्यही खेलमा भएका कमजोरीलाई सुधार गर्दै खेल्न सके अन्तिम शृङ्खलामा सुखद नतिजा निकाल्ने उनकाे भनाइ छ । त्यही लक्ष्यका साथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगमा सुखद अन्त्य गर्ने योजनामा टोली रहेको भालाले बताए ।
घरेलु मैदानमा बिहीवार हुन लागेको अन्तिम शृङ्खलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । जसमा यूएईमा भर्खरै सम्पन्न लिग–२ खेलेका खेलाडीलाई नै निरन्तरता दिइएको छ ।
शृङ्खला भाेलि फागुन २५ देखि चैत २ गतेसम्म कीर्तिपुरमा हुँदैछ । लिग–२ को शीर्ष तीनमा रहेर विश्व कप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा चार वटै खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता जोगाउन दुई खेल जित्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।