यूएईले पीएनजीलाई ६ विकेटले हरायाे

 चैत १, २०७९ बुधबार १६:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएकाे छ ।

पीएनजीले दिएकाे २ सय ३५ रनकाे लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायाे । यूएईका लागि कप्तान माेहम्मद वसीमले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलाे शतक बनाउने क्रममा १ सय १७ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओ‌भरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायाे । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नाेरमन भानुवाले नटआउट ४९ रन र रिले हिकुरेले ३३ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । यस्तै राेहन मुस्तफा र जवार फरिदले १/१ विकेट लिए ।

याेसँगै पीएनजीले लिग–२ का सबै खेल खेलेकाे छ । पीएनजी ३६ खेलमा ११ अङ्कसहित तालिकाकाे पुछारमा रहेकाे छ । यूएईले अन्तिम खेलमा भाेलि बिहीवार नेपालसँग खेल्नेछ । तालिकामा यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटाैँ स्थानमा छ । नेपाल ३५ खेलमा ३८ अङ्कका साथ चाैथाे स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया