'ए' डिभिजन लिगमा खुमलटारलाई हराएर सातदोबाटो शीर्ष स्थानमा

 चैत २, २०७९ बिहीबार १९:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको छ । आज च्यासल मैदानमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सातदोबाटोको लागि मातमुराटोभ र दिपकराज ठकुरीले एक/एक गोल गरे ।

खुमलटारका राजीव लोप्चनले एक गोल फर्काए। सातदोबाटोको ५ खेलमा १२ अङ्क छ । खुमलटारले ६ अङ्क जोडेको छ ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन् । सङ्कटाको ५ अङ्क र हिमालयन शेर्पाको ६ अङ्क रहेको छ ।  लिगमा आजदेखि पाँचौँ चरणका खेल सुरु  भएका छन् ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया