‘ए’ डिभिजन लिगमा मनाङ र आर्मी विजयी, पुलिस र एनआरटीले बराबरी खेले

 चैत ४, २०७९ शनिबार १९:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी  क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले एपीएफलाई २–१ गोलले हरायो।

मनाङको जितमा कमल थापा र सेदजामोलले गोल गरे । खेलमा अग्रता भने अर्मान्ड बिडोमको गोलमार्फत् एपीएफले लिएको थियो । जितपछि मनाङ ११ अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हरायो ।

खेलको छैटाैँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए पनि २४औँ मिनेटमा गिल्प्सजङ्ग कार्कीले र इन्जुरी समयमा दिपक गुरुङले गोल गरेर आर्मीलाई जिताए । तालिकामा आर्मीको ८ अङ्क र फ्रेन्ड्सको ४ अङ्क भएको छ ।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र एनआरटीले १–१ गोलको बराबरी खेलेका हुन् । एनआरटीका सञ्जीव विष्ट र पुलिसका प्रताप गुरुङले गोल गरे । बराबरीसँगै पुलिसले पाँचौँ खेलमा बल्ल खाता खोलेको छ । एनआरटीको दुई अङ्क छ ।
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया