सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पार्नुभएको छ ।
सोमबार रिपोर्टर्स क्लबमा मन्त्री पण्डितले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन हुँदैन, खारेज हुन्छ ।’
उहाँले अगाडि भन्नुभयो ,‘२ नम्बर प्रदेश सरकारले छिट्टै प्रहरी भर्ना गर्ने तयारी गरेको भन्ने कुरा मलाइ थाहा छैन । तर, अधिकार नभएको विषयमा आफ्नो कुनै निर्णय यदि हुन्छ भने त्यो निर्णय कार्यान्वयन हुन सक्दैन ।’
मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको काम समेत सकिएको जिकिर गरे । उनले भने,‘राजनीतिक व्यवस्थाको काम मात्रै होईन, अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको छ ।’