पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न त्यस आसपासका घरटहरा हटाइए

 बैशाख ६, २०८० बुधबार १२:५३:१० | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपास रहेका घरटहरा हटाइएको छ । 

तानसेन नगरपालिकाले तेर्सोसडक तथा सित्तलपार्टी मूलढोका क्षेत्रका ५७ वटा पसल तथा घरटहरामा बुधबार विहान ७ बजेदेखि डोजर चलाएको हो ।  पाल्पा दरबारलाई  विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न घरटहरा हटाइएको तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो ।

संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बस्दोबस्तीका सामान प्रयोग गरिरहेको तानसेन नगरपालीकाका प्रवक्ता यादब कार्कीले बताउनुभयो ।  नगरपालिकाले व्यापारी तथा व्यवसायीलाई ३५ दिने सूचना जारी गरेको थियो । सूचना अनुसार व्यवसायीले सामान मंगलबार बेलुकी नै हटाइसकेका थिए । 

घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना रहेको जनाइएको छ । बुधबार बेलुकीसम्म पस्न र बस्न नमिल्ने गरी पसल तथा टहरा भत्काइने नगरपालिकाले जनाएको छ । तानसेन  नगरपालीकाको स्वामित्वमा रहेको जग्गामा नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुले सटर भाडामा लगाएका थिए ।

व्यापारी तथा  व्यवसायीहरुले भने नगरपालिकाले आफूलाई अन्याय गरेको गुनासो गरेका छन् । ३५ दिने सूचनाका आधारमा आफूहरुलाई विस्थापित गरेको उनीहरुको भनाई छ ।  उनीहरूले दरबार परिसरभित्रका अन्य कार्यालय समेत हटाउन माग गरेका छन् । संघर्ष समिति निर्माण गरि चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका व्यापारी तथा  व्यवसायीहरुले आफूहरुको मागप्रति कसैले ध्यान नदिएको गुनासाे पाेखेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया