पाल्पामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ३५ जना घाइते

 बैशाख १०, २०८० आइतबार १०:३८:४५ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । ३५ जना घाइते भएका छन् ।

रुपन्देहीकाे बुटवलबाट बाग्लुङकाे बुर्तीबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरकाे बस आज बिहान दुर्घटनामा परेको हाे ।

घटनास्थलमै ज्यान गुमाएकी महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते सबैलाई उपचारको लागि तानसेनमा रहेकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया