सामान्य घर-झगडामा श्रीमतीको हत्या

 कात्तिक ४, २०७५ आइतबार १५:१६:४१ | रासस

गुल्मी - गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले शनिबार राति श्रीमतीको हत्या गरेका छन् ।

जाँडरक्सी सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए । 

घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया