दुर्घटनाबाट जोगियो हेलिकप्टर

 कात्तिक ५, २०७५ सोमबार २१:४८:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको त्यो हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । 

काठमाडौंबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । आज बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजीकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा त्यो घटना भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । 

अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको त्यो हेलिकप्टरलार्ई काठमाडौंबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौं लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया