७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो

 कात्तिक ७, २०७५ बुधबार १२:२६:५० | सुमित्रा कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उदयपुर – छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आउनुभएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो ।

मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेका् व्यहोराको उजुरी आएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।

कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी आउनु भएकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको वृद्धाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया