कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

 बैशाख १७, २०८१ सोमबार १५:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो ।

लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए । यस्तै विपिन रावलले २३, दीपेन्द्र रावतले नट आउट १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । लुम्बिनीका अभिषेक गौतमले ५, नर सार्कीले २ तथा कप्तान देव खनाल र निर्मल गुरुङले समान १ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनायो । लुम्बिनीका मृनल गुरुङले २७, विराट भण्डारीले २६, कृष्ण कार्कीले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीका उनिश ठकुरीले ३ तथा दिनेश अधिकारी र दिवन पुनले समान २ विकेट लिए । यस्तै प्रकाश जैशीले १ विकेट लिए ।

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा ७ प्रादेशिक टोली सहभागी थिए । वीर गणेशमान सिंह फाउन्डेशनको आयोजनामा प्रतियोगिता भएको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया