खुकुरी प्रहार गरी श्रीमतीको हत्या

 कात्तिक ८, २०७५ बिहिबार १४:०:३८ | माधवकुमार ओली

रोल्पा – रोल्पामा एक जनाले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् । 

गंगादेव गाउँपालिका–५, का ४३ वर्षका सुकलाल सार्कीले ३९ वर्षीया श्रीमती देविसरा सार्कीको बुधबार राति खुकुरी प्रहार हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी विवाद हुँदा राति करिब ११ बजेतिर घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुकलाललाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो । 

शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटना भएको ठाउँ दुर्गम भएकाले शव ल्याउन ढिलाई भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएकोे छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया