निर्मला पन्त हत्या प्रकरण: निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्ट प्रहरी सेवाबाटै बर्खास्त

 कात्तिक ८, २०७५ बिहीबार २०:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - निर्मला पन्त बलात्कारपछिको हत्या प्रकारणमा निलम्बित कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट तथा निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापर्वाही गरेको भन्दै विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयले विष्ट र भट्टसँग दुई पटक स्पष्टिकरण सोधे पनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

छानबिनका क्रममा उनीहरुले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको पनि गृहमन्त्रालयको ठहर छ । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा घटनामा सम्बद्ध प्रहरी कर्मचारीले नै अनुसन्धानका क्रममा सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेको तथ्य फेला परेको थियो ।

तत्कालबाट प्रहरीबाट अनुसन्धान र खोजतलास हुनुपर्नेमा प्रहरीबाट नै लापर्वाही भएपछि अनुसन्धान प्रक्रिया नै प्रभावित भएको थियो । घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने वस्तु भित्री वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको र वस्त्र नै गायब गर्ने कामसमेत प्रहरीले नै गरेको आरोप लागेको थियो ।

त्यस्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइको र मृतकको अन्त्येष्टिका लागि दबाब दिएको प्रहरीमाथि गम्भीर आरोप छ । विष्ट र भट‍्टलाई भविष्यमा सरकारी जागिर खानका लागि अयाेग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । 

गृह मन्त्रालयकाे विज्ञप्ति

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया