वैदेशिक रोजगारीमा मेसेडोनिया पठाइदिने भन्दै झन्डै १३ लाख ठग...
पुस १२, २०८१ शुक्रबार
झापा - झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी अहिले २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक सात लाख रुपैयाँभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ ।
उहाँले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताउनुभयो । बाहुनडाँगीका प्रायजसाे किसानले भारतको बेङ्ग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् । यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उहाँको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ ।
'साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ', उहाँले भन्नुभयो । उहाँले १० महिनाअघि मात्र बैग्लोरबाट दुई लाख ३५ हजार रुपैयाँका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताउनुभयो । जसमध्ये तीन वटा उहाँकै फार्ममै छन् ।
उहाँले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्नुहुन्छ । प्रतिलिटर ७७ रुपैयाँका दरले दैनिक ४५ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्नुहुन्छ । विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आउनुभएको निरौलाले छ वर्षयता गाईफार्म सुरु गर्नुभएको हो ।
लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । 'बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो', उहाँले भन्नुभयो, 'गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।' उहाँले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताउनुभयो ।
प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत् दूधमा अनुदान समेत दिँदै आएको छ । उहाँका अनुसार प्रतिलिटर दुई रुपैयाँको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।