आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

 कात्तिक १०, २०७५ शनिबार ८:१९:५१ | रासस
unn.prixa.net

झापा – घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा सफल उपचार भएको छ । 

दसैँ मनाउन पथरी शनिश्चरे–३, मा रहेको मामाघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो । 

डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डाक्टर धिरज गिरीले बताउनुभयो । 

‘अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो’, डा गिरीले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ ।’ 

अस्पतालले उपचार पूरा भएपछि शुक्रबार नै उनलाई घर पठाएको छ । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया