माल्दिभ्सको पोस्टमा बङ्गलादेशको नौ गोल

 कात्तिक १०, २०७५ शनिबार १७:२८:४९ | रासस
unn.prixa.net

काठमाडौं – साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बङ्गलादेशका निहत जमानको चार गोलको मद्दतले बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गर्‍यो । जमानले ११औँ, २०औँ र २३ औँ र ४६ औँ मिटेमा गोल गरेका थिए ।

त्यस्तै कप्तान मोहमद महेदी हसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने ४८ औँ र ६६ औँ मिनेटमा रसेल अहमेद दुई र ८० औँ र खेलको अन्तिम मिनेटमा आसिकुर रहमाले दुई गोल गर्दै बङ्गलादेशलाई फराकिलो जित दिलाए । 

जितसँगै बङ्गलादेश र नेपाल समूह ‘ए’बाट साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् भने लगातार दुई हार ब्यर्होदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा बङ्गलादेश र नेपालको समान तीन अङ्क भएको छ । समूह ‘ए’को समूह विजेता भने आइतबार नेपाल र बङ्गलादेशबीचको खेलले निर्धारण गर्नेछन ।

लिग चरणमा बङ्गलादेशको यो पहिलो खेल हो । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो । आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बङ्गलादेशसँग खेल्दैछ । यसअघि नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया