‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाडौं – शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधन भएको छ । माइतीघरमा रहेकाे अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहनुभएका मास्केको शनिबार दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
मस्तिष्कघातका कारण एक महीनाअघि उहाँ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताउनुभयो । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती हुुनुहुन्छ ।
अमेरिकामा रहनुभएका उहाँका दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोल्नुभएको थियो ।
स्वयम्भूकाे जलजला शिशु सदनमा उहाँ सञ्चालक रहनुभएको थियो । विसं २०४३ मा भएको काठमाडौँ महानगरपालिका निर्वाचनमा उहाँलाई नेकपा (माले)को तर्फबाट प्रमुखको उम्मेदवार हुनुभएको थियो ।
मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को समेत महासचिव रहनुभएको थियो । तेह्रथुममा जन्मिनुभएका उहाँ अहिले काभ्रेस्थित नमोबुद्धमा बस्दै आउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
शनिबार साँझ ट्वीटमार्फत उहाँले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।