कालिमाटी तरकारी बजारका ९९ व्यापारी कारबाहीमा

 जेठ २५, २०७५ शुक्रबार १९:२९:५० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारका ९९ जना व्यापारीलाई तत्काल कारबाही गर्ने भएको छ ।

सरकारले बजारभित्र सबैभन्दा बढी अनियमितता गर्ने ९९ जना व्यापारीको स्टललाई बजारबाट हटाउनेसहितको कारबाही गर्न लागेको हो । बजार विकास समितिले छानबिनका आधारमा ती व्यापारीहरुमाथि कारबाही गर्न लागेको जनाएको छ ।

त्यसैगरी अन्य व्यापारीहरुमाथि पनि बर्गीकरण गरी कारबाही गरिने विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा १ सय ५९ जना व्यापारीहरुले भने नियमसम्मत ढंगले व्यापार गरेको पाइएको पनि उल्लेख गरिएको छ ।

गएको सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बजारको अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया