सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कपिलवस्तु – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोरुसिंगे जंगलमा टिप्पर र बस एक आपसमा ठोक्किँदा ठक्कर ती जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरी उपरीक्षक रवि रावलले बताउनु भयो ।
दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट आएको लु २ ख १४ ७७ नम्बरको टिप्पर एक आसमा ठोक्किएको थियो ।
टिप्परको ठक्करबाट बसको आगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।