खाँडाचक्रका मेयर र उपमेयरविरुद्ध वडाध्यक्षहरूले दिए उजुरी

 साउन ११, २०८० बिहिबार १९:५७:५१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – खाँडाचक्र नगरपालिकाका वडाध्यक्षहरूले मेयर र उपमेयरविरुद्ध उजुरी दिएका छन् । खाँडाचक्रका मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीविरुद्ध बिहीवार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता भएकाे छ ।

खाँडाचक्र नगरपालिकाले असार १० गते बेलुकी झन्डै दुई घण्टा नगरसभाको उद्घाटनमात्र गरेर नगरसभा सम्पन्न भएको जनाएको थियो । उद्घाटन सत्रमा गरिएको माइनुटमै मेयर र उपमेयरलेआर्थिक वर्ष २०८०/८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप छ । सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, नागरिकमुखी नभई जनप्रतिनिधिमूलक बजेट बनाएको लगायतका विषयमा नगरपालिकाका ११ जना वडाध्यक्षको समर्थनमा नाै जनाले मुद्दा दर्ता गराएका हुन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नुपर्ने भन्दै आर्थिक बर्ष २०७९/८० मा कुनै पनि ठूला योजनामा काम नगरेको नगपालिकाले यस वर्ष पनि पाँच करोड रुपैयाँभन्दा बढी पुरानो तिर्नुपर्ने देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार मेयर र उपमेयरले कुनै पनि कार्य नगरेकाले अदालतसम्म पुग्नुपरेको वडा–६ का वडाध्यक्ष दिनेशबहादुर शाहीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया