‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँकोको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
बैठकले भक्तपुर काङ्ग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ काङ्ग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यस्तै भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा गर्ने निर्णय गरेको थियो । सोही बमोजिम काङ्ग्रेसले महासमितिको बैठक काठमाडौँको भृकटीमण्डपमा गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।