माओवादी पदाधिकारीकाे जिम्मेवारी हेरफेर : वर्षमान विशेष प्रदेश इन्चार्ज, बाग्मतीमा जनार्दन

 साउन २१, २०८० आइतबार १७:२:१ | रासस
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेकाे छ । आज आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र हेरफेर गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको उहाँका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसबमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज बनाइएको छ । गैरभौगोलिक प्रदेशका रूपमा चिनिने विशेष प्रदेश समितिका रूपमा कार्यरत त्याे प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई जिम्मेवारी दिइएको हो । 

यस्तै उपमहासचिव जनार्दन शर्मालाई बाग्मती प्रदेश इन्चार्जकाे जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेस प्रदेश इन्चार्ज र सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इन्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इन्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइँदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । 

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इन्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इन्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्माले पाउनुभएको छ ।

यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्सन इन्चार्ज पनि परिवर्तन भएका छन् । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरूको समेत जिम्मेवारी तोकिएको माओवादीले बताएकाे छ । याेसँगै गएकाे बुधवारदेखि काठमाण्डौको प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा चलिरहेको बैठक आज सकिएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया