नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आयाे

 साउन २३, २०८० मंगलबार १६:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज मङ्गलवार बिहान ५ बजेर २० मिनेटमा खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ बजेर २० मिनेटदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो । 

इच्छाकामना गाउँपालिका–६ काे कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ राेकिएकाे थियो । बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।

तस्बिर : रामकृष्ण अधिकारीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया