उद्धार उडानमा कुनै बन्देज गरिएको छैन : प्राधिकरण

 साउन २८, २०८० आइतबार ९:२८:११ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको आलोचना हुँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको बताउनुभयो । दुर्गम क्षेत्रको व्यावसायिक उडानमा अपरेसन आवर लागू गरिएको तथा उद्धार उडानका लागि बन्देज नरहेको उहाँको भनाइ छ ।

मौसम प्रतिकूल हुँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एअरलाइन्सलाई सर्कुलर गरेको थियो । प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान साढे ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्मको समयावधिलाई ‘अपरेसन आवर’ मानिन्छ ।

दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नियमका कारण दुर्गम क्षेत्रका यात्रु र बिरामीले सास्ती पाएका छन् । जिल्ला अस्पताल हुम्लाले नेपालगञ्जर रेफर गरेका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानलाई तत्कालै अस्पताल लैजान नसक्दा अस्ति बिहीवार ज्यान गएको थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार बालकलाई झाडापखाला लागेको थियो । जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाउँदा उहाँको ज्यान गएको थियो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया