दोलखालीलाई माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

 कात्तिक १४, २०७५ बुधबार १८:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखालीका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको छ । 

जस अनुसार आयोजना अतिप्रभावित क्षेत्रका अर्थात क वर्गका आवेदकले ३० कित्तादेखि १ सय ३ कित्तासम्म शेयर पाएका छन् । ३० कित्तादेखि १ सय कित्ता माग गर्नेलाई माग अनुसार र १ सय १० कित्तादेखि ३ सय कित्तासम्मको माग गर्नेलाई १०२–१०३ कित्ता शेयर दिइएको छ । 

यस्तै आयोजनाको सडक र प्रशारण लाइनले छोएका तत्कालीन गाविसका बासिन्दा अर्थात ख वर्गका आवेदकले ३० देखि ४८ कित्तासम्म शेयर पाएका छन् । ४० कित्तासम्म आवेदन गर्नेले माग अनुसार र ५० कित्ताभन्दा माथिको माग गर्नेले ४८ कित्ता शेयर पाएका हुन् । 

यसै गरी ग वर्गका आवेदकले ३० देखि ३४ कित्ता शेयर पाएका छन् । ३० कित्ता माग गर्नेलाई माग अनुसार ४० कित्ता आवेदन गर्नेलाई ३२ कित्ता र ५० कित्ताभन्दा बढीको आवेदन दिनेलाई ३४ कित्ता शेयर दिइएको धितोपत्र निष्काशन तथा विक्रि प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

माथिल्लो तामाकोशीले सर्वसाधारणका लागि बिहीबारदेखि एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर आवेदन खुला गर्दै छ । शेयरका लागि आवेदन दिने समयसीमा आउँदो सोमबारसम्मका लागि रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया