लण्डनमा रहेको सोनी म्यूजिकको कार्यालयमा दुई जनामाथि चक्कू प्रहार

 कात्तिक १६, २०७५ शुक्रबार १९:१२:३२ | रासस
unn.prixa.net

बेलायतको राजधानी लण्डनमा रहेको सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । 

प्रहरीलाई स्थानीय समय अनुसार बिहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् । 

त्यस ठाउँमा थप दुर्घटना हुन नदिन सावधानीस्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ । 

घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यावसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो । 

घटनास्थलमा ६ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताए । 

घटना भएको करिब एक घण्टापछि प्रहरीले दश पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उनले बताए । 
 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया