जाडो छल्न पर्यटक चरा नेपाल आउने क्रम शुरू, पर्यटक चरामा पनि ज...
कात्तिक २३, २०८१ शुक्रबार
चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनशीप भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ ।
एपीएफले राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको फाइनलमा न्यु डायमण्ड क्लबलाई २५–१४, २५–२३ र २५–१९ को सेटमा पराजित गरेको हो ।
एपीएफको यो सिजनको तेस्रो उपाधि हो । यसअघि एपीएफले शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल र सभामुख कप राष्ट्रिय भलिबलको उपाधि जितेको थियो । तीनवटै प्रतियोगितामा एपिएफले न्यु डायमण्डलाई नै हराएको थियो ।
उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार पाएको छ भने न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको नेपाल पुलिसले ५० हजार तथा चौथो भएको त्रिभुवन आर्मीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पश्चिमाञ्चलबाट खेलिरहेका मञ्जु गुरुङ र अरुणा शाहीलाई टिममा सहभागी गराएको न्यु डायमण्डले लिग चरणमा भने एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।