पर्यटन बोर्डको नेतृत्वमा लन्डनको 'डब्ल्यूटीएम' मा नेपालको सहभागिता
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने भएका छन् ।
शनिवार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल खेल आइतबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
वर्षाले प्रभावित शनिवारको खेलमा सुरुमा २ सय ९ रनको लक्ष्य पाएको नेपाल पुलिस क्लवले १४ ओभर ४ बलमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
झण्डै डेढ घण्टा पछि २८ ओभरमा छोट्याइएको खेलमा पुलिसलाई १ सय ४१ रनको नयाँ लक्ष्य दिइएको थियो ।
तर, पुलिसले २८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो ।
पुलिस क्लबका लागि कुशल भुर्तेलले सवैभन्दा धेरै ३० रन बनाए भने सुनील धमलाले २४, दिलिप नाथले १६, दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाए ।
बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३, कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी र करण केसीले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको एपीएफले ४८ ओभर ५ बलमा २ सय ८ रन बनाएको थियो । एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा ,आरिफ शेख र सुशील कंडेलले १–१ विकेट लिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।