काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पा...
पुस २९, २०८१ सोमबार
मुस्ताङ – उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फ आइबारदेखि नेपाली सेनाको क्याम्प स्थापना भएको हो ।
जोमसोममा रहेको बज्रदल गण अन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा अहिले सेनानीको नेतृत्वमा ५० जना सैनिक खटिएका छन् । क्याम्पमार्फत सुरक्षा गतिविधिका साथै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति हुने मुस्ताङका संघीय संसदका सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । क्याम्प समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।