महासमिति बैठकको मिति सार्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

 कात्तिक २०, २०७५ मंगलबार ८:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महासमितिको बैठक सार्ने निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । दिउँसो १ बजेपछी पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएकोे महासमिति बैठकको मिति सार्नेछ ।

विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको समय सर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकले महासमितीको बैठक मंसिरभित्रै सम्पन्न गर्ने गरि नयाँ मिति तय गर्नेछ ।

उहाँका अनुसार नयाँ मिति मंसिर तेस्रो हप्ताका लागि तोक्ने सम्भावना छ । दसैं र तिहारको बीचमा विधान मस्यौदाको अध्ययन र त्यसमाथि छलफल गर्न नभ्याइएकाले महासमितिको बैठक सार्नुपर्ने बाध्यता आइपरेको प्रवक्ता शर्माको भनाई छ । महासमिति बैठकमा पेश हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पनि अन्तिम रुप दिन बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया