बाजुरामा कालाजारका बिरामी भेटिए

 कात्तिक २०, २०७५ मंगलबार ११:१६:१८ | रासस
unn.prixa.net

बाजुरा – जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताउनुभयो । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ । 

पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया