रंगना हेराथले एउटै मैदानमा लिए सय विकेट

 कात्तिक २१, २०७५ बुधबार ९:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तिम टेस्ट क्रिकेट खेलिरहेका श्रीलंकका रंगना हेराथले एउटै मैदानमा १ सय विकेट लिने रेकर्ड बनाएका छन् ।

यो रेकर्ड बनाउने उनी तेस्रो क्रिकेटर हुन् । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा कप्तान जोय रुटको विकेट लिएपछि श्रीलंकाको गाले मैदानमा १ सय विकेट पूरा गरेका हुन् ।

अहिलेसम्म श्रीलंकाका स्पिनर मुथैया मुरलीथरन र जेम्स एन्डरसनले मात्र एउटै मैदानमा १ सय विकेट लिएका छन् । मुरलीथरनले गाले, केडी र एसएससी मैदानमा १ सय विकेट लिएका थिए ।

एन्डरसनले भने क्रिकेटको मक्का मानिने लर्डस मैदानमा १ सय विकेट लिएका छन् । यो टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हेराथले अहिलेसम्म ४३० विकेट लिएका छन् । उनले यही गाले मैदानमै १९९९ मा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए ।

यसैबीच, श्रीलंका र इंग्ल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिन पाहुना टोली इंग्ल्याण्डले ८ विकेट गुमाएर ३२१ रन बनाएको छ । खराब शुरुआत गरेको इंग्ल्याण्डका लागि बेन फोक्स ८७ रन बनाएर क्रिजमा रहेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका एलिस्टर कुकलाई रिप्लेस गर्दै प्लेयिङ सेटमा परेका रोरी बन्र्सलाई ९ रनमा सुरंगा लकमलले आउट गरेका थिए ।
त्यसपछि लकमलले मोइन अलिलाई बोल्ड गरेपछि पाहुना टोलीले १२ रन हुँदा २ विकेट गुमाउन पुगेको थियो ।

त्यसपछि कप्तान जोय रुट र कीटन जेनिंससँग ६२ रनको साझेदारी गरेका थिए । यो साझेदारीलाई हेराथले तोडेका थिए । उनले रुटको विकेट लिँदै गाले मैदानमा १ सय विकेट लिने रेकर्ड पनि बनाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया