उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शनी

 मंसिर ९, २०८० शनिबार २०:३२:५४ | रासस
unn.prixa.net

काठमाण्डौ – वसन्तपुर दरबार क्षेत्रमा आज काठमाण्डौ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी पनि लोभिए ।

उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाण्डौको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एवम् मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाण्डौको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए ।

कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रदर्शनीमा राखिएका सृजनामध्ये धेरैजसो बिक्री भएको उहाँले बताउनुभयो । प्रदर्शनीमा राखिएका सृजना कम्तीमा १० हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री भएको उहाँले बताउनुभयो । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताउनुभयो ।

प्रदर्शनीमा अग्रज कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाउनुभएको थियो । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्रसमेत उतारेका थिए । धेरैजसो सृजनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सृजना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डिबी राइले बताउनुभयो ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य, कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सृजना प्रदर्शन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया