रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै...
पुस २९, २०८१ सोमबार
नवलपरासी – तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ ।
खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजन्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको पाल्हीनन्दनका अशोक गुप्ता बताउनुहुन्छ ।
साँझको बेला आतङ्क नै सिर्जना हुने गरी पटाका पड्काइदासमेत प्रहरीले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको आरोप छ ।
परासी बजार क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको अर्का स्थानीयवासी जीतेन्द्र गुप्ता गुनासो गर्नुहुन्छ । भारतीय बजारमा दीपावलीको अवसरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थले नेपाली बजारमा पनि स्थान पाउँदै आएको छ ।
चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताउनुहुन्छ । सीमाक्षेत्रमा पनि कडा जाँच भइरहेको उहाँको भनाइ छ ।
पृथ्वीचन्द्र अस्पतालका डा अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।