नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
लमजुङ – दुनियाँकै एक सर्वप्रिय खेल हो, फुटबल । खेल हेर्ने, खेल्ने दुवैले यसको ‘मज्जा’ लुट्छन् । विशेषगरी यस खेल युवापुस्तामाझ निकै लोकप्रिय छ ।
शारीरिक, मानसिक विकासका साथै यस खेलले सामाजिक भावना समेत जगाउन मद्धत गर्छ । युवालाई विकृति–विसंगतिमा लाग्नबाट जोगाउँछ ।
पछिल्लो समय फुटवल खेलप्रति लमजुङे युवाको ‘क्रेज’ पनि बढ्दो छ । पहाडी जिल्ला लमजुङका युवापुस्ता यस खेलप्रति तानिदै गएका छन् । जिल्लाको सुन्दरबजार, खत्रीठाँटी, फेदीकुना, भोटेओडार, बेसीशहर, गाउँशहर, दुवरलगायतका विभिन्न गाउँ, शहर, टोलका युवाहरु साँझ–बिहान फुटबलमा रमाउँछन् । विभिन्न मेला, पर्वको अवसरमा फुटबल प्रतियोगिता समेत सञ्चालन हुँदै आएको छ, लमजुङमा ।
विशेषगरी, हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा प्रतियोगितात्मक फुटबल खेलको आयोजना हुने गरेको छ । यसरी हुने फुटबल खेलमा खले खेल्न र हेर्न आउनेहरुको ताँती देख्न सकिन्छ ।
खेलमैदानको समस्या
बालकदेखि वृद्धसम्म फुटबल खेल हेर्न खेलमैदानसम्म पुग्छन् । अरुले खेलेको खेल हेरी खुब रमाउँछन् । पछिल्लो समय लमजुङका युवामा फुटबल खेलप्रति आकर्षण बढ्दै गएको नेसनल रेफ्री शुक्र तामाङ बताउनुहन्छ ।
‘जिल्लामा फुटबल खेलमा युवाहरुको आकर्षण बढ्दो छ । निकै राम्रो खेल्ने खेलाडीहरु समेत छन्’, विगत १७ वर्षदेखि रेफ्रीको भूमिका निर्वाह गर्दै आउनुभएको तामाङले भन्नुभयो ।
सावित्रा भण्डारी, जय गुरुङ र दीपक गुरुङलगायतका थुप्रै राम्रा खेलाडी लमजुङले जन्माएको उहाँ सम्झनुहुन्छ । फुटबलमा युवाको आकर्षण बढ्दो रहे तापनि उचित खेलमैदान नभएको उहाँ बताउनुहुन्छ ।
‘लमजुङमा राम्रा खेल खेल्ने खेलाडी छन् । युवाहरु यसमा आकर्षित छन् । तर उचित खेलमैदान छैन । यसले खेलाडीलाई समस्या भएको छ । फुटबल खेलको राम्रोसंग विकास गर्न सकिएको छैन’, उहाँले थप्नुभयो ।
जानकारहरुका अनुसार जिल्लामा ‘इलाभेन ए साइड’ क्षमताका खेल मैदान निकै कम छन् । अझै पनि खेतबारी, चौरमा खेल खेल्नुपर्ने र खेलाउनुपर्ने अवस्था छ ।
लुकेर बसेका खेल प्रतिभाको उजागर
ग्राउण्डकै अभावमा ‘इलाभेन ए साइड’ फुटबल प्रतियोगिता सञ्चालन गर्न नसकिएको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा रहेको जनशक्ति युवा क्लब अध्यक्ष नवीनकुमार श्रेष्ठ बताउनुहुन्छ ।
क्लबले केही दिन अघिमात्रै प्रथम पुरस्कार एक लाख रुपैयाँ राखी दोश्रो खत्रीठाँटी रनिङ शिल्ड फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो ।
‘पुरस्कार राशी उच्च भए तापनि खेल मैदानको अभावमा सेभेन ए साइड फुटबल खेल प्रतियोगिता गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो । बेलावखतमा हुने फुटबल प्रतियोगिताले लुकेर बसेका खेल प्रतिभाको उजागर गर्न सघाएको उहाँको बुझाई छ ।
लगानी बढाउनुपर्ने
खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने खेलप्रेमी सुन्दरबजार नगरपालिका ६ का युवा विवेक पण्डितले बताउनुभयो ।
उहाँले अघि थप्नुभयो, ‘खेलकै माध्यमबाट विश्व समुदायमा आफ्नो देशको नाम चम्काउन सकिन्छ । त्यसैले खेल क्षेत्रको विकासका लागि राज्यले मन फुकाएर लगानी गर्नुपर्ने देखिन्छ ।’
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।