तिहारमा जनकपुरमा मात्रै ५० लाख रुपैयाँको फूलमालाको कारोबार

 कात्तिक २४, २०७५ शनिबार ७:५५:२ | रासस
unn.prixa.net

धनुषा – यसवर्ष तिहारमा जनकपुरमा ५० लाख रुपैयाँको बराबरको फूलमालाको कारोबार भएको छ ।

रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा झण्डै ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताउनुभयो । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गएको वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।

पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गएको वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताउनुभयो ।

फूल व्यवसायी मालीले भन्नुभयो, ‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर पूmलको माग बढेपछि गेना ९सयपत्री०, रजनीगन्धा ९गोदावरी०, मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।’

यहाँ भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिने व्यापारी बताउँछन् । व्यापारीका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाइ छ ।

यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक रु २० देखि २५ हजार बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म जानकी मन्दिर तथा राम मन्दिरको फूल स्टलबाट दैनिक तीनदेखि चार हजार रुपैयाँको फूल बेच्ने गर्छु ।’

यसरी बिक्रीको अनुपात हेर्दा दैनिक २० देखि २५ हजार रुपैयाँको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ । फूलमालाको माग राम्रो भएको हुँदा यहाँ स्थानीयस्तरमै पुष्पखेती व्यावसायिक रूपले गर्न सके पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिने धारणा जिल्ला वनस्पती कार्यालयका प्रमुख ताहिर हुसैनको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया