सन् २०१९ मा हुने महिला विश्वकप फुटबलको लाखौँ टिकट अहिले नै बिक्री

 कात्तिक २४, २०७५ शनिबार ११:४६:२४ | रासस
unn.prixa.net

अर्को वर्ष अर्थात सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा०ले आयोजना गरेको प्रतियोगिताका लागि गएको सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो । फिफाले दिएको जानकारी अनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका नागरिक रहेका छन् ।

प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौ वटा प्याकज बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ ।

प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।

सेमिफाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । त्यस खेलहरूका लागि झण्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया