प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध

 पुष ३, २०८० मंगलबार १४:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए । गएकाे वर्षकाे मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र राेयल च्यालेन्जर्स बेङ्ग्लाेरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया